काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई काम गर्न नदिएको भन्दै आपत्ति जनाएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद कान्तिका सेजुवालले कि स्थानीय सरकार सञ्चालन ऐन खारेज गर्न कि काम गर्न दिन माग गरिन् । उनले बालेनलाई सरकारले काम गर्न नदिएको आरोप लगाईन् ।
‘कि स्थानीय सरकार सञ्चालन ऐनले जुन परिकल्पना गरेको छ । त्यो खारेज गरौं ।हैन भने बालेनलाई काम गर्न किन नदिने ?’ उनले भनिन् । ‘न्यूरोडदेखि इन्द्रचोक, वसन्तपुर र ठमेलमा किन गाडी गुड्ने सहर चाहियो । किन रिङरोड चाहियो ? । फुटपाथ बनाउन किन सरकारले अवरोध गरेको’ ।
यता अर्का सांसद अर्जुननरसिंह केसीले पनि बालेन र सरकारबीच द्धन्द्ध सिर्जना भएको बताएका छन् । केसीले प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै भने, ‘हालै संघीय सरकार र काठमाडौं महानगरबीच देखिएको द्वन्द्व र भत्काउने बनाउने गाईजात्राले सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ, तत्काल समन्वय होस्।’
संघीय सरकार पक्ष युद्धउद्धत, अहंकार र झगडिया मानसिकता बोक्न नहुने उनले बताए। ‘समन्वय गर्नुपर्ने दायित्व छ, तत्काल पूरा गरोस्,’ उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ जेठ २०८१, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेशमा एकीकृत समाजवादीसँग सहयोग माग्ने कांग्रेसको निर्णय
काँग्रेसद्वारा स्ववियु निर्वाचनबारे विद्यार्थी नेताहरूसँग छलफल
आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
कांग्रेस महाधिवेशन कहिले ?
जसपाले समर्थन गर्छ, राष्ट्रिय सभाबाट अध्यादेश ढुक्कले पारित हुन्छ : कांग्रेस
कांग्रेस संसदीय दलको बैठक बस्दै