काठमाडौँ । काठमाडौँको दक्षिणकालीमा नगरपालिका–८ स्थित केराबारीमा मूल सडकबाट खसेर दुई जना मृत अवस्थामा भेटिएका छन् ।
मोटरसाइकलबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए ।
मृत्यु हुनेमा एक जना महिला र एक जना पुरुष छन् । घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल भेटिएको छ ।
भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली परिचालन गरिएको छ ।
करिब ५ दिनअघि मोटरसाइकलसँगै उनीहरू खसेको आकलन गरिएको छ । बुधवार दिउँसो बाख्रा चराउन जाँदा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका हुन् । घटनाबारे प्रहरी प्रभाग फर्पिङले अनुसन्धान थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ जेठ २०८१, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बल्खुमा मृत भेटिएका व्यक्तिको अनुसन्धानका लागि ६ जना नियन्त्रणमा
कञ्चनपुरमा हात्ती मृत फेला
कैलालीमा फरक स्थानमा दुई जना मृत फेला
कैलालीमा आमा र छोरी घरभित्र मृत भेटिए
काठमाडौँमा दुई जनासहित ४ जना मृत फेला
सल्यानमा दिदी बहिनी घरभित्रै मृत भेटिए