उदयपुरमा टिपरले मोटरसाइकललाई ठक्कर : दुइ युवकको घटनास्थलमै मृत्यु

सफल खबर संवाददाता

बुधबार, २३ जेठ २०८१, ०७ : २९
उदयपुरमा टिपरले मोटरसाइकललाई ठक्कर : दुइ युवकको घटनास्थलमै मृत्यु

उदयपुर । त्रियुगामा टिपरको ठक्करबाट दुई युवाको मृत्यु भएको छ। 

मदन भण्डारी लोकमार्गमा पर्ने त्रियुगा नगरपालिका–१, फूलजोरमा मंगलबार साँझ प्र १–०२– ००१ ख ८५१४ टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

मृत्यु हुनेमा सुनसरीको रामधुनी नगरपालिका घर भई त्रियुगा नगरपालिका–११ बस्दै आएका ३० वर्षीय रविन श्रेष्ठ र त्रियुगा नगरपालिका–३ घर भएका २४ वर्षीय हिरा राई रहेका छन्।  त्रियुगामा टिपरको ठक्करबाट दुई युवाको मृत्यु भएको छ। 

मदन भण्डारी लोकमार्गमा पर्ने त्रियुगा नगरपालिका–१, फूलजोरमा मंगलबार साँझ प्र १–०२– ००१ ख ८५१४ टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

मृत्यु हुनेमा सुनसरीको रामधुनी नगरपालिका घर भई त्रियुगा नगरपालिका–११ बस्दै आएका ३० वर्षीय रविन श्रेष्ठ र त्रियुगा नगरपालिका–३ घर भएका २४ वर्षीय हिरा राई रहेका छन्।