मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना

सफल खबर संवाददाता

आइतबार, ०९ भदौ २०८१, ०८ : ०३
मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना

काठमाडौँ । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटनामा परेको छ । 

महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

घाइतेहरुलाई उपचारको लागि  भरतपुर लगिएको छ । बसमा आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । 

सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको भिडियोमा देख्न सकिन्छ ।