नेपालले चौथो विकेट गुमायो, नौ रन बनाउँदै कुशल मल्ल आउट

सफल खबर संवाददाता

मंगलबार, २२ जेठ २०८१, २२ : ३६
नेपालले चौथो विकेट गुमायो, नौ रन बनाउँदै कुशल मल्ल आउट

काठमाडौँ । टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल नौ बलमा एक चौकाको मद्दतले नौ रन बनाउँदै आउट भएका हुन् । कप्तान रोहित पौडेल १५ रन बनाउँदै क्रिजमा छन् । ९.४ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले ५२ रन बनाएको छ ।