वीरगन्ज । नेकपा एकीकृत समाजवादीले मधेस प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । केन्द्रको निर्देशन अनुसार एकीकृत समाजवादीले मधेस सरकारबाट मंगलबार नै बाहिरिने तयारी गरेको हो ।
सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एकीकृत समाजवादी मधेस प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । एकीकृत समाजवादीकी मन्त्री बेची लुङ्गेलीले केन्द्रबाट नयाँ समीकरण अनुसार सरकार बनाउने निर्देशन आएको बताइन् ।
सोही निर्देशन अनुसार पार्टीको संसदीय दलको बैठक बस्न लागेको उनले बताइन् । ‘सम्भवतः आजै प्रदेश सरकारबाट हामी बाहिरिने छौँ,’ उनले भनिन् ।एकीकृत समाजवादीबाट मधेस सरकारमा २ जना मन्त्री सहभागी छन् ।
संसदीय दलका नेता गोविन्द न्यौपाने र बेची लुङ्गेली सरकारमा सहभागी छन् । यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एमाले मधेस सरकारबाट बाहिरिएका थिए । यसैबिच मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन् ।नेपाली कांग्रेसले भने मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एकीकृत समाजवादीले तोक्यो जिल्ला र निर्वाचन क्षेत्रको जिम्मेवारी (सूचीसहित)
‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्न एकीकृत समाजवादीले बनायो घनश्यामलाई कमाण्डर
झलनाथ खनालले भने -पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन
यस्तो छ नेकपा एसका नेताहरुको कार्य विभाजन प्रस्ताव, कसलाई कुन जिम्मेवारी ?
सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको नेकपा एसको ठहर
एकीकृत समाजवादीका २ सय ५१ केन्द्रीय सदस्यले लिए शपथ