पाकिस्तानको कोइला खानीमा दुर्घटना, ११ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २२ जेठ २०८१, १५ : ४८
पाकिस्तानको कोइला खानीमा दुर्घटना, ११ जनाको मृत्यु

काठमाडौं। पाकिस्तानको बलुचिस्तानस्थित कोइला खानीमा ग्याँस चुहावट भई दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।सोमबार खानीमा ग्याँस चुहावट भएपछि श्वासप्रश्वासमा असहज भएका कारण मृत्यु भएको प्रान्तीय सरकारको खानी विभागका प्रमुख अब्दुल घानी बलोचले बताए ।

 

उनका अनुसार मृतकमा एक ठेकेदार र एक खानी प्रबन्धक पनि थिए ।निजी कम्पनी युनाइटेड कोल कम्पनीद्वारा सञ्चालित यो खानी प्रान्तीय राजधानी क्वेटाबाट ४० किलोमिटर टाढा अवस्थित छ ।मार्चमा सोही प्रान्तमा ग्याँस विस्फोट हुँदा १२ जना खानी मजदुरको मृत्यु भएको थियो ।​​

बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठुलो र सबैभन्दा गरिब प्रान्त हो जुन प्राकृतिक स्रोतहरूमा धनी भएता पनि यसलाई स्थानीयले लामो समयदेखि आफ्नो समुदायबीच निष्पक्ष रूपमा नबाँडिएको भनेर गुनासो गर्दै आएका छन् ।