एजेन्सी । इजरायली सेनाले हमासले अपहरण गरेका थप चार जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
दक्षिणी गाजाको खान युनिसमा इजरायली कारबाहीका क्रममा चारैजना सँगै मारिएको र उनीहरुको शव अझै पनि विद्रोहीहरूसँगै रहेको इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले जनाएको छ ।
मृत्युको पुष्टि भएकामा बेलायती–इजरायली ५१ वर्षीय नादाभ पोपलवेल, ७९ वर्षीय चाइम पेरी, ८० वर्षीय योराम मेट्जगर र ८५ वर्षीय अमिरम कुपर रहेका पुरुष हुन् ।
आईडीएफले इसबारे उनीहरुको परिवारलाई जानकारी गराएको जनाइएको बीबीसीले उल्लेख गरेको छ । उक्त जानकारी गुप्तचर निकाय, स्वास्थ्य मन्त्रालयको विज्ञ समिति र रिलिजियस सर्भिससम्बन्धी मन्त्रालय र इजरायलका चिफ रबीको माध्यमबाट पुष्टि भएको जनाइएको छ ।
गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि अरूसँगै ती चारजनालाई पनि बन्धक बनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २२ जेठ २०८१, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युद्ध समाप्त गर्ने सर्तमा मात्र युद्धविराम गर्ने हमासको प्रतिक्रिया
नयाँ युद्धविराम प्रस्तावमा हमास सहमत
हमासले सत्ता त्याग्नुपर्ने माग गर्दै गाजामा विशाल विरोध प्रदर्शन
इजरायली आक्रमणपछि हमासले गर्यो जवाफी कारबाही
हमास युद्ध विरामका लागि दोहामा वार्ता हुँदै
इजरायल-हमासबीच दोस्रो चरणको युद्धविराम सम्झौताको तयारी, मध्यस्थता वार्तामा अमेरिका पनि सहभागी हुने