लमजुङमा भूकम्पको धक्का महसुस

रासस

सोमबार, २१ जेठ २०८१, २१ : ३७
लमजुङमा भूकम्पको धक्का महसुस

काठमाडौँ । लमजुङ जिल्लाको ताजेगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

 राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताजेगाउँ आसपास केन्द्रबिन्दु भएर तीन दशमलव सात रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत चैत ४ गते रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ । 

 

प्रतिक्रिया दिनुहोस