नेपाल र नेदरल्याण्ड्स्‌बीचको खेल टुँडिखेलमा प्रत्‍यक्ष प्रसारण हुने

सफल खबर संवाददाता

सोमबार, २१ जेठ २०८१, १९ : ३४
नेपाल र नेदरल्याण्ड्स्‌बीचको खेल टुँडिखेलमा प्रत्‍यक्ष प्रसारण हुने

काठमाडौं । काठमाडौं महानगरले विश्वकप २०२४ को नेपालको पहिलो खेल टुँडिखेलबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ । महानगरपालिका र ओपन डोर इन्टरनटेनमेन्टले युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा टुँडिखेलमा प्रत्यक्ष प्रसारण गर्न लागको हो ।

कार्यक्रममा मेयर बालेन्द्र साह(बालेन) पनि सहभागी हुने ओपन डोर इन्टरनटेनमेन्टले जनाएको छ । इन्दिरा जोशी, रचना रिमाल, महेश काफ्ले र ब्योमा अधिकारीको सांगीतिक प्रस्तुती रहने टुँडिखेलमा खाजा तथा खानाको स्टल समेत रहनेछ ।

नि: शुल्क प्रवेश रहेको टुँडिखेलमा ५ बजेबाट गेट खुल्नेछ । नेपाल र नेदरल्याण्डको खेल भोलि साँझ ९:१५ देखि हुनेछ ।

प्रतिक्रिया दिनुहोस