काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसुद असिम शाहले संसदमा हुने अवरोधले संसदमा जनताको आवाज मुखरित हुन नपाएको बताएका छन् । आइतबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले संसद अवरोधको विकल्प सदाका लागि खोजिनुपर्ने बताए ।
‘संसद अवरोधको विकल्प खोजौं नत्र, जनता नै विकल्पको खोजीमा जानेछन्’ सांसद शाहले बताए । विगतमा संसदमा अवरोध हुँदा बोल्न नपाएको र सरकारलाई राय, सुझाव र खबरदारी गर्ने ठाउँमा आफूहरु चुक्न पुगेको उनको भनाइ छ ।
आफू र आफनो पार्टी संसदमा हुने अवरोधलाई ‘नो नट अगेन’ भन्ने पक्षमा रहेको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोडसेडिङबारे मन्त्री र कुलमानले फरक-फरक सूचना दिइरहेका छन्, सरकारले रोक्नुपर्छ : ठाकुर गैह्रे
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन माग
काठमाडौंबाट २५ करोड बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदको माग
सिंहदरवारमा कर्मचारी थुपारेर देशको विकास हुदैँन् : प्रेम सुवाल
पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : रघुजी पन्त
पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिने तयारीप्रति कांग्रेसको असन्तुष्टि