सशस्त्र प्रहरीले बरामद गर्‍याे साढे २३ लाखको काजु र किसमिस

सफल खबर संवाददाता

मंगलबार, १५ जेठ २०८१, १० : ३६
सशस्त्र प्रहरीले बरामद गर्‍याे साढे २३ लाखको काजु र किसमिस

जनकपुर । धनुषाबाट सशस्त्र प्रहरीले २३ लाख २६ हजार रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। 

भन्सार छलेर महोत्तरी नाका हुँदै नेपाल भित्र्याएको अवैध सामान ट्रकसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेक्वा धनुषाका एसपी दर्शन गिरीले जानकारी दिए।  

गएराति सशस्त्र प्रहरी बल धनुषा र भन्सार कार्यालयको संयुक्त टोलीले मधेस प्रदेश ०४-००१ख ०१७१ नम्बरको ट्रकसहित सामान बरामद गरेको हो। 

ट्रकमा लोड गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका १ सीताचोकबाट करिब २१ क्विन्टल काजु, साढे पाँच क्विन्टल चिनीसहितको सामान बरामद गरेका हो ।

भारतबाट महोत्तरीको बाटो हुँदै थोरैथोरै गरेर ल्याएको सामान भण्डारण गरेर राखेको अवस्थामा बरामद भएको हो। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको सुरक्षा वेश क्याम्प जनकपुरबाट सहायक प्रहरी नियन्त्रक उमेश कुमार कार्कीको कमान्डमा खटिगएको ७ जनाको मोबाइल गस्ती टोलीले सामान बरामद गरेको हो। 

प्रतिक्रिया दिनुहोस