भारतमा लोकसभाको मतदान सकियो, एग्जिट पोलमा फेरि मोदी सरकार

एजेन्सी

आइतबार, २० जेठ २०८१, ०७ : ०४
भारतमा लोकसभाको मतदान सकियो, एग्जिट पोलमा फेरि मोदी सरकार

नयाँदिल्ली । भारतमा भएको १८ औँ लोकसभा निर्वाचनको मतदान सकिएको छ । शनिबार सातौँ तथा अन्तिम चरणको मतदान भएसँगै मतदान प्रक्रिया सकिएको हो । अब आगामी मंगलबार मतगणना हुनेछ । 

गत १९ अप्रिलदेखि शुरु भएको भारतको इतिहासमै सबैभन्दा लामो चुनाव सात चरणमा सकिएको हो । 

अनुमान मोदी सरकार निरन्तर
चुनावको मतदान सकिएसँगै अब मतगणनाको प्रतिक्षा भइरहेको छ । मंगलबार मतगणना हुँदै गर्दा एग्जिट पोलले भाजपा सम्मिलित नरेन्द्र मोदी नेतृत्वको सरकारले लगातार तेस्रो पटक अर्थात् सत्ता सञ्चालनमा ह्याट्रिक गर्ने दाबी गरिएको छ । 

विभिन्न आधा दर्जन एग्जिट पोलले भारतीय जनता पार्टी सम्मिलित एनडीले आरामदायी बहुमत ल्याउने दाबी गरेका छन् । 

६ एग्जिट पोलले एनडीएलाई ३५० भन्दा बढी सिट आउने दाबी गरेअनुसार २४२ सिटका लागि भएको मतदानमा बहुमतका लागि २७२ सिट जिते पुग्छ । 

एसएएएम–जनकी बातले एनडीएलाई ३७७ सिट जित्ने दाबी गरिरहँदा आईएनडीआईएलाई मात्र १५१ सिट जित्ने बताएको छ । त्यस्तै अन्यमा मात्र १५ सिट जित्ने दाबी गरिएको छ । 

इन्डिया न्यूज–पोलस्ट्रेटले एनडीएलाई ३७१ सिट तथा आईएनडीआईएलाई मात्र १२५ सिट जाने बताएको छ । अन्यले ४७ सिट जित्ने अनुमान छ र 

रिपब्लिक भारत– म्याट्रिजले एनडीएलाई ३६१ सिट जित्ने बताएको छ भने आईएनडीआईएले १२६ सिट जित्ने बताएको छ । अन्यले ५६ सिट जित्ने बताएको छ । 

न्यूज नेशनले एनडीएले ३६०, आईएनडीआईएले १६१ तथा अन्यले २२ सिट जित्ने बताएको छ । 

यसअघि चुनाव शुरु हुनुअघि इन्डिया टुडे ग्रुपले सी–भोटरसँग मिलेर गरेको सर्वे अनुसार मोदीले सन् २०१४ देखि अहिलेसम्म दुई पटक सरकारको नेतृत्व गरिसकेका छन् । उनको काम र शैलीसँगै उनको प्रसिद्धिका कारण पनि भाजपाले तेस्रो पटक मोदीको नेतृत्वमा सरकार बनाउने दाबी गरिएको थियो । 

५४३ सिटमध्ये एनडीएले ३३५ सिट जित्ने अनुमान गरिएको छ । कांग्रेस आई सम्मिलित इन्डिया ब्लकको खातामा १६६ तथा अन्यलाई ४२ सिट जाने अनुमान गरिएको छ । 

भाजपा एक्लै लड्दासमेत ३०४ सिट जित्ने सर्वेक्षणले दाबी गरेको छ । कांग्रेसले ७१ तथा अन्य दलहरुले १६८ सिट जित्ने अनुमान गरिएको छ । 

रिपब्लिक टीभी–पी एमएआरक्यूले एनडीएले ३५९ तथा आईएनडीआईएले १५४ सिट जित्ने बताएको छ । अन्य दलले मात्र ३० सिट जित्नेछन् । 

इन्डिया न्यूज – डी डायनामिक्सले एनडीएलाई ३७१, आईएनडीआईएलाई १२५ तथा अन्यलाई ४७ सिट जाने बताएको छ । 

प्रतिक्रिया दिनुहोस