राष्ट्रियसभा बैठक भोलि बस्ने, यस्तो छ सम्भावित कार्यसूची

सफल खबर संवाददाता

शनिबार, १९ जेठ २०८१, १२ : ३५
राष्ट्रियसभा बैठक भोलि  बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक भोलि बस्ने भएको छ । संसद् सचिवालयले भोलि दिउसो १ः१५ मा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । 

सचिवालयका अनुसार भोलिको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

त्यसैगरी माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले'लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

 

प्रतिक्रिया दिनुहोस