दैलेखको जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन् र अन्वेषण तीव्र

सफल खबर संवाददाता

शुक्रबार, १८ जेठ २०८१, १३ : १७
दैलेखको जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन् र अन्वेषण तीव्र

दैलेख । जिल्लाको भैरवी गाउँपालिका-१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन् एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् । उत्खनन्‌को क्रममा २१८ मिटर ड्रिलिङ भएको छ । चार हजार पाँच सय मिटरसम्म ड्रिलिङ गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए ।

कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागू गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।

चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो ।