मकवानपुरमा बस दुर्घटना हुँदा २० जना घाइते

सफल खबर संवाददाता

शुक्रबार, १८ जेठ २०८१, ०९ : ५८
मकवानपुरमा बस दुर्घटना हुँदा २० जना घाइते

हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत  मनहरी गाउँपालिका–९ ज्यामिरे सडकखण्डमा शुक्रबार बिहान काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना.५ ख ५५१५ न.को यात्रुवाहक बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् । 

११ जना घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । ९ जना घाइतेलाई थप उपचारका निम्ति चितवनतर्फ लगिएको जिल्ला प्रहरी कायालय हेटौंडाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए ।

अगाडिको पट्टा भाँच्चिँदा बस अनियन्त्रित भएर नालीमा कोल्टो परेको थियो । बस नालीमा कोल्टो पर्दा यात्रु घाइते भएका हुन् । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।