काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रम र बजेट अनुसारकै आगामी आर्थिक–मौद्रिक नीति आउने दाबी गरेका छन् । उनले बजेटको स्वीकार्यता बढेको पनि उल्लेख गरेका छन् ।
आफूले सार्वजनिक प्रतिबद्धता अनुसार नै बजेट ल्याएको बताएका अर्थमन्त्री पुनले बजेटमा सबै नीति तथा कार्यक्रम समेटिएको र अब आउने मौद्रिक नीतिले पनि बजेटलाई रिफ्लेक्ट गर्ने प्रष्ट पारे ।
‘यो बजेटमा नीति तथा कार्यक्रम सबैजसो रिफ्लेक्ट भएको छ । नीति कार्यक्रम र बजेटको रिफ्लेक्सन मौद्रिक नीतिमा आउँछ ।’मन्त्री पुनले राज्य र राज्यका निकायहरू अलग अलग भएर नचल्ने उल्लेख गर्दै राष्ट्र बैंकले बजेट अनुसारकै मौद्रिक नीति ल्याउनेमा ढुक्क हुन सबैलाई आग्रह गरे ।
‘राज्यका निकायहरू निश्चित सिद्धान्तमा चल्छ । अलग अलग होइन । त्यसैले मौद्रिक नीति यसमा मिल्दोजुल्दो आउँछ, तपाईँहरू कुनै कन्फ्युजनमा रहनु जरुरी छैन,’ अर्थमन्त्री पुनले भने ।
यस्तै उनले यस बीचमा राष्ट्र बैंक, प्राइभेट सेक्टर र सरोकारवाला सबैसँग छलफल गरी बजेटलाई सपोर्ट गर्ने, समग्र अर्थतन्त्रलाई गति दिने र आम नागरिकमा आशा जगाउने गरी काम गर्नेमा जोड दिँदै भने, ‘आगामी वर्ष सकारात्मक मुडमा बजेट कार्यान्वयनको समीक्षा गर्ने ठाउँमा हुन्छौं भन्ने विश्वास छ ।’
बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बजेटमा समावेश भएका विषयहरूमा निजी क्षेत्र र सरोकारवालासँग गरेको अन्तरक्रियामा उनले तथ्यमा आधारित भएर बजेट बनाइएको बताए । उनले बजेटपछि प्रतिपक्षी दललगायत अधिकांश प्रतिक्रिया सकारात्मक आएको पनि सुनाए ।
यसवर्ष बजेट निर्माण पूर्व विभिन्न क्षेत्रका विषयमा विषय विज्ञलगायत सबै मन्त्रालयहरूले पनि धेरै छलफल गरेको उल्लेख गर्दै उनले त्यहाँबाट प्राप्त तथ्यपरक डाटा र सरोकारवालाको सकारात्मक सुझाव तथा खबरदारीका कारण बजेट राम्रो बनेको दाबी पुनको छ ।
पुनले भने, ‘बजेट निर्माण गर्दा सबै मन्त्रालयले राम्रो छलफल गरेका छन् । त्यसपछिका प्रि–बजेट छलफलमा ठूलाठूला अन्तरक्रिया भएका थिए । विभिन्न वस्तुगत क्षेत्र, छाता संगठन, विषय विज्ञहरू ती सबैसँगको छलफलको प्रभाव परेको हो । त्यसले नेपालको अर्थतन्त्रको हालको यथार्थ स्थिति परिवेश बनिराखेको हुन्छ र हामीले सिस्टमबाट त्यसलाई चलाइराखेका हुन्छौ अर्थमन्त्रीको सोचले मात्रै काम गर्दैन । सबैको सकारात्मक, आलोचनात्मक योगदान हुन्छ ।
म एक्लैले राम्रो गरेँ भन्ने होइन कि हामी सबैले राम्रो सुझाव दिएर, अन्तरक्रिया र खबरदारी गरेको वस्तुगत रूपमा गरेछौं भन्ने कुराको प्रमाणको रूपमा यो बजेटको समर्थन र स्वीकार्यतालाई मैले लिएको छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ जेठ २०८१, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती
‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
नयाँ बजेट निर्माण गर्न मन्त्रालयगत छलफल सुरु
विचाराधीन विधेयक छिटो टुंग्याउने काम होस् : अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेललाई आज डिस्चार्ज गरिने