सहकारी सञ्चालकको सम्पत्ति धितो सुरक्षणमा राखेर ५ लाखसम्म बचत फिर्ता गरिने

आव २०८१/०८२ को बजेट

सफल खबर संवाददाता

मंगलबार, १५ जेठ २०८१, १६ : १८
सहकारी सञ्चालकको सम्पत्ति धितो सुरक्षणमा राखेर ५ लाखसम्म बचत फिर्ता गरिने

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले सहकारी सञ्चालक र एकाघरको सदस्यको नाममा रहेको सम्पत्ति धितो सुरक्षणका रूपमा राख्ने व्यवस्था मिलाइने बताएका छन् ।मंगलवार आयोजित संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उनले सहकारी समस्या समाधान गर्न यस्तो गर्न लागिएको बताएका हुन् ।

'सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि सञ्चालक र एकाघरको सदस्यको नाममा रहेको सम्पत्ति धितोको सुरक्षण राखिनेछ,' उनले भने, 'यसबाट रू ५ लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था मिलाइनेछ ।'

साथै उनले कानूनमा आवश्यक संशोधन गरी सहकारिताको सिद्धान्त र नीति बमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गरिने पनि बताए । उनले वचत तथा ऋण सहकारी नियमन गर्न नियामक निकाय स्थापना गरिने बताए । 

'वचत तथा ऋण सहकारी नियमन गर्न नियामक निकाय स्थापना गरिनेछ,' उनले भने, 'सहकारीलाई एक आपसमा गाभ्न सहजीकरण गरिनेछ ।'

प्रतिक्रिया दिनुहोस