काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले मंगलवार अपरान्ह ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने भएका छन् ।बजेटको आकार करिब १९ खर्ब हुने अर्थमन्त्रालय स्रोतले जनाएको छ ।राष्ट्रिय योजना आयोगले तोकिदिएको १८ खर्बको सिलिङमा केही थपेर बजेट ल्याउन लागिएको अर्थमन्त्रालय स्रोतले जानकारी दियो ।
यसपालीको बजेट पेश गर्ने ब्रिफकेश भने केही नौलो खालको हुनेछ ।मंगलबार प्रधानमन्त्री कार्यालयमा अर्थमन्त्री पुनको हातमा नयाँ ब्रिफकेश देखिएको थियो । उनको सचिवालयले उक्त ब्रिफकेश नेपालमै बनेको जानकारी दियो ।
'अल्लो र ढाकाको मिक्स गरेर ब्रिफकेश बनाइएको हो,' अर्थमन्त्री पुनका स्वकीय सचिव सन्तोष पुनले भने, 'रोल्पाबाट सामान ल्याइएको हो । बनाइएको चाहिँ ठमेलको कालिगढबाट हो ।'
उक्त ब्रिफकेशमा ८० प्रतिशत अल्लो र २० प्रतिशत ढाका रहेको छ ।उनले यसको मूल्य २५ सय नेपाली रुपैयाँ परेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट आश्रित विधेयकमा विपक्षीको संशोधन स्वीकार नगर्ने अर्थमन्त्रीको अडान
आइटी क्षेत्रमा नेपाललाई प्रतिस्पर्धी बनाउन सरकारले सबै खालको वातावरण बनाउँछ : अर्थमन्त्री पुन
बैंकिङ क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको होः अर्थमन्त्री पुन
आर्थिक सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्न लागिएको हो : अर्थमन्त्री पुन
बजेट उत्पादन केन्द्रित र वस्तुपरक छ, ६ प्रतिशतको लक्ष्य भेटिन्छ: अर्थमन्त्री पुन
एमसीसीका उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्री पुनबीच भेटवार्ता