काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको आठौँ बैठकले दिएका सुझावका आधारमा सचिवालयले परिमार्जन गरेको दस्ताबेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको छ ।
आज बसेको सचिवालयको बैठकले दस्ताबेज तल्लो तहमा पठाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनका अनुसार प्रतिनिधि छनोटबारे आगामी सचिवालय बैठकले निर्णय गर्ने बताए । बैठकले मुस्ताङ जिल्ला कमिटी इन्चार्ज कृष्ण नेपाली र स्याङ्जाको इन्चार्ज अमरराज शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको बताए ।
बैठकमा सांसदको गतिरोध अन्त्य गर्नका निम्ति गरिएको संवादबारे छलफल भएको छ । बैठकमा अर्वन एण्ड रुरल डेपलभमेन्ट, पोलिसी, प्लनिङ, अनुभव आदान प्रदान गर्ने, कार्यक्रममा पार्टी उपाध्यक्ष तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रमेश हमालको नेतृत्वमा सात जना नेताको टोली जेठ १६ गते ५ दिने चीन भ्रमणमा जानेबारे छलफल भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ जेठ २०८१, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
चैत २५ भित्र देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीको पत्रकार सम्मेलन गर्दै
एकीकृत समाजवादीको कार्यालयमा तोडफोड
महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग