एजेन्सी । दोहाबाट डब्लिन जाँदै गरेको विमानमा टर्बुलेन्स हुँदा कम्तीमा १२ जना घाइते भएका छन् । डब्लिन एयरपोर्ट अपरेटर डीएएअनुसार, बोइङ ७८७(९ ड्रीमलाइनरले टर्कीको आकाशमा टर्बुलेन्सको सामना गरेको हो ।
कतार एयरवेजको फ्लाइट क्यूआर ०१७ स्थानीय समय अनुसार १ बजे अवतरण भएको थियो । त्यसपछि विमानस्थल प्रहरी, एम्बुलेन्स र दमकल विभाग जस्ता आपत्कालीन सेवाका कर्मचारी त्यहाँ पुगेका थिए ।
क्जष्खबm ऋझभलत
रिपोर्टका अनुसार, टर्बुलेन्सका कारण छ जना यात्रु र छ जना चालक दलका सदस्यहरू घाइते भएका छन्, जसमध्ये आठ जनालाई अस्पताल लगिएको छ।
डीएएले एयरपोर्टमा उडान सञ्चालनमा कुनै असर नपरेको र उडानहरू समयमै आइपुगेको बताएको छ। कतार एयरवेजले भन्यो, ‘उडानका क्रममा केही यात्रु र चालक दलका सदस्यहरूलाई सामान्य चोटपटक लागेको छ र उनीहरूको उपचार भइरहेको छ।’
यस हप्ताको सुरुमा, सिंगापुरका लागि उडेको विमानमा टर्बुलेन्सका कारण एक ७३ वर्षीय बेलायती नागरिकको मृत्यु भयो। यस क्रममा १०० भन्दा बढी यात्रु घाइते भएका थिए । यसमध्ये २० जनालाई स्पाइनल इन्जुरीका कारण आईसीयूमा राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १४ जेठ २०८१, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी आकाशमा फेरि ठोक्किए दुई विमान, २ जनाको मृत्यु
क्यानडामा ८० जना सवार विमान अवतरण गर्ने क्रममा पल्टियो
१० यात्रु सवार विमान अलास्का क्षेत्रबाट बेपत्ता
कुवेतबाट काठमाडौं आउँदै गरेको हिमालयन एयरलाइन्सको विमान मस्कटमा आकस्मिक अवतरण
क्यालिफोर्नियामा सानो विमान एउटा भवनको छतमा ठोक्कियो, २ जनाको मृत्यु
एयर क्यानडाको विमानमा आगलागी