काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सदनमा कांग्रेसले गरिरहेको नाराबाजी औचित्यहीन भएको बताएका छन् । कांग्रेस सांसदले नाराबाजीका बीच जारी सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले ६५ वर्ष अगाडि बीपी कोइरालाले स्थापित गरेको मानकलाई आजको अवस्थाले लज्जित बनाएको टिप्पणी गरे ।
सांसद वाग्लेले भने, ‘असहज वातावरणमा यसरी गरिमामय संसदमा उपस्थित भएर बोल्नुपर्ला जस्तो मलाई लागेको थिएन । ६५ वर्षअगाडि नेपाली लोकतान्त्रिक आन्दोलनका धरोहर, सबैका प्रेरणा, मेरा राजनीतिक आदर्श बीपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई आज यो अवस्थामा पुर्याउनलाई यो लज्जास्पद, औचित्यहीन विरोधप्रति घोर खेद छ ।’
उनले सो अभिव्यक्ति दिइरहँदा कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेका थिए । केही सांसदले चर्को आवाजमा होहल्ला समेत गरे । सभामुख देवराज घिमिरेले समेत विषयवस्तुमा आफ्ना कुरा राख्न उनको ध्यानाकर्षण गराएका थिए ।
वाग्लेले संसदको ओझ र गरिमालाई असान्दर्भिक बनाउने भन्दा पनि सहकारी पीडितको समस्या समाधानतर्फ केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘समिति बनाउनका लागि सहमति भइसकेको छ । टीओआरमा नेगोसेसन चल्दा चल्दै विरोध किन ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोडसेडिङबारे मन्त्री र कुलमानले फरक-फरक सूचना दिइरहेका छन्, सरकारले रोक्नुपर्छ : ठाकुर गैह्रे
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन माग
काठमाडौंबाट २५ करोड बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदको माग
सिंहदरवारमा कर्मचारी थुपारेर देशको विकास हुदैँन् : प्रेम सुवाल
पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : रघुजी पन्त
पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिने तयारीप्रति कांग्रेसको असन्तुष्टि