परराष्ट्रमन्त्री ज्ञवाली र बुल्गेरियाका विदेशमन्त्रीबीच भेटवार्ता

बुधबार, १० असोज २०७५, १० : ५४
परराष्ट्रमन्त्री ज्ञवाली र बुल्गेरियाका विदेशमन्त्रीबीच भेटवार्ता

–विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली 
न्यूयोर्क । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुल्गेरियाका न्यायिक सुधार तथा विदेशमन्त्री एकाटेरिना जारिभासँग भेटवार्ता गर्नुभएको छ । 

संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुई मुलुकका परराष्ट्रमन्त्री यहाँ आइपुग्नुभएको हो । उक्त अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतराज पौडेल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीसमेत सहभागी हुनुहुन्थ्यो ।  (रासस) 

प्रतिक्रिया दिनुहोस