एमाले स्थायी समिति बैठक बस्दै, प्रदेश सभाका समानुपातिक सांसद आज टुंग्याईने

विहीबार, १३ पुस २०७४, १० : ३३
एमाले स्थायी समिति बैठक बस्दै, प्रदेश सभाका समानुपातिक सांसद आज टुंग्याईने

चितवन । नेकपा एमालेले सातै प्रदेशमा समानुपातिकतर्फका सांसद बिहीबार टुंगो लगाउने भएको छ । समानुपातिक सांसद  टुंग्याउन एमाले स्थायी समितिको बैठक बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो १ बजे बस्ने बैठकले प्रदेशका समानुपातिक सांसदको टुंगो लगाउने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘प्रदेशका समानुपातिक सांसदको टुंगो लगाउँछौं,’ ज्ञवालीले भने, ‘बैठकमा माओवादीसँगको एकता र सरकार गठनका विषयमा पनि छलफल हुन्छ।’

प्रदेश सभाको समानुपातिकतर्फ  २ र ७ मा बाहेकका ५ प्रदेशमा एमाले पहिलो पार्टी बनेको छ ।

प्रतिक्रिया दिनुहोस