झापा। नेकपा माओवादी केन्द्रले झापाको दमकमा लिची र कागतीको १ लाख बिरुवा रोप्ने भएको छ । सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्यले जानकारी दिए ।
उनका अनुसार आइतबारदेखि औपचारिक रूपमा दमकका प्रत्येक घरमा पुगेर बिरुवा रोप्न लागिएको हो ।जनतालाई उत्पादनसँग जोड्ने नीतिअनुसार पाँच वर्षभित्र दमकलाई लिची र कागतीमा आत्मनिर्भर बनाउने अभियान रहेको उनले बताए ।
बिरुवा रोप्नेसँगै जनयुद्धमा सहयोग गर्ने दमकका एक हजार दुई सय परिवारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना पत्रसमेत सम्मानस्वरुप हस्तान्तरण गरिने माओवादी केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ जेठ २०८१, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
गणतन्त्रको माया त माओवादीलाई छ : हिमाल शर्मा
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड
जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे : प्रचण्ड
माओवादी ‘जनयुद्ध’ कै कारणले अहिलेको परिवर्तन र उपलब्धि भएको हो : नारायणकाजी श्रेष्ठ
सरकारले संसद्लाई अपहेलना गर्यो, जनताको आवाज सुन्न चाहेन : हितराज पाण्डे