काठमाडौँ । नेकपा एमालेका सांसद विनोदकुमार शाहले कृषि मन्त्रालय नै लिएका छन्। यसअघि आफैले शपथ बहिष्कार गरेको उक्त मन्त्रालयमा बुधबार उनी नियुक्त भएका हुन्।
शाहले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई मुख्यमन्त्री यामलाल कँडेलले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्। गत वैशाख १८ गते कर्णाली प्रदेशको मन्त्रिपरिषद्लाई पूर्णता दिँदा पनि मुख्यमन्त्रीले उनलाई सोही मन्त्रीमा नियुक्त गरेका थिए। आफूसँग समन्वय नगरेर मन्त्रालय बाँडफाँट गरेको भन्दै शपथ बहिष्कार गरेका थिए।
शाहले शपथ बहिष्कार गरेपछि कृषि मन्त्रालय खाली थियो। मुख्यमन्त्री कँडेलले मन्त्री पदको शपथ नलिएका शाहलाई जेठ २ गते मन्त्रिपरिषदबाट हटाएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ जेठ २०८१, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले र भारतबीच तनाव सृजना गर्ने षड्यन्त्र भइरहेको छः एमाले
नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउन पार्टी र सरकार प्रतिबद्ध : नेकपा एमाले
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्दै
संसद्लाई परिणाममुखी बनाउन सत्ता र प्रतिपक्ष दल एक ठाउँमा हुन्छौँ : महेश बर्तौला
नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा छैनौँ : शंकर पोखरेल
सरकारले ल्याएको अध्यादेशबारे एमाले संसदीय दलमा छलफल