काठमाडौँ । राष्ट्रियसभाको बैठक समय सरेको छ । आइतबार बिहान बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार दिउँसो सवा एक बजेका लागि तय भएको बैठक दुई घण्टा पछि बस्नेगरी सारेको हो ।
राष्ट्रियसभा कार्य व्यवस्था परामर्श समितिको बैठकले आज १ः१५ को लागि तोकिएको बैठक ३ः१५ बजेका लागि सार्ने निर्णय गरेको हो ।यसअघि प्रतिनिधिसभाको ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि सारिएको छ ।
सहकारीको रकम हिनामिनाबारे संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत भए पनि त्यसको कार्यादेशमा सहमति जुट्न ढिलाइ हुँदा संसद् बैठक प्रभावित हुन गएको हो । कार्यदल स्तरमा कार्यादेशबारे सहमति जुटाउन नेताहरूबिच छलफल जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ जेठ २०८१, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठक बिहिबार सवा १२ बजेसम्मका लागि स्थगित
राष्ट्रियसभा बैठक पनि अवरुद्ध
दलितको घर भत्काइएको घटना : छानबिन गर्न संसदीय समिति गठनको माग
राष्ट्रियसभाको बैठक आइतबार बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
राष्ट्रियसभा बैठक सुरु, यस्ता छन् कार्यसूची
राष्ट्रियसभा बैठक चैत ४ गतेसम्म स्थगित