वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टिनीहरूले पीडा भोगिरहेको बताउँदै गाजामा तुरुन्तै सहायता बढाउन आवश्यक रहेको स्वीकार गरेका छन्।सहायताको पहिलो खेप समुद्री मार्गबाट गाजा आइपुगेको जानकारी दिँदै बाइडेनले यस्तो बताएका हुन् ।
बाइडेनले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट लेखेका छन्, ‘यो स्पष्ट छ कि प्यालेस्टिनीहरूले पीडा भोगिरहेका छन्। तत्काल सहयोग बढाउनुपर्ने आवश्यकता छ । हामी इजरायलसँग मिलेर गाजामा सहायता बढाउन प्रयास गरिरहेका छौँ ।’
यसअघि अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट सहायताको पहिलो खेप आइपुगेको पुष्टि गरेको थियो। अमेरिकाले भन्यो, ‘गाजामा प्यालेस्टिनी नागरिकहरूलाई सहयोग गर्न बहुराष्ट्रिय प्रयास जारी रहनेछ।
समुद्रबाट पठाइने यो सहायता पूर्णतया मानवीय हो।’ अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आगामी दिनमा ५०० टन राहत सामग्री गाजा पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ जेठ २०८१, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाइडेन र नेतन्याहुबिच युद्धविराम र बन्धकहरूको रिहाइबारे वार्ता
बाइडेनको निर्णयले तनावपूर्ण बन्दै रुस-युक्रेन युद्ध
मोदी र बाइडेनबीच भेटवार्ता
इजरायली प्रधानमन्त्री नेतान्याहुप्रति बाइडेन असन्तुष्ट
गाजामा युद्धविरामबारे जो बाइडेनको चेतावनी
बाइडेनले किन छाडे राष्ट्रपति चुनाव ? राष्ट्रका नाममा सम्बोधन गर्दै बताए कारण