काठमाडौँ । सभामुख देवराज घिमिरेले आज दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।
सदनमा देखिएको अवरोध खुलाउने विषयमा छलफलका लागि शीर्ष नेताहरुलाई उनले आफ्नै निवासमा बोलाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छलफलमा बोलाइएको हो ।
कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ ।
कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ जेठ २०८१, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखलाई भेट्न सिंहदरबार जाँदै रवि लामिछाने
सभामुख घिमिरेले गराए राप्रपा सांसद राणा पक्राउको सूचना सदनलाई जानकारी
सभामुखले गरे प्रमुख दलका सचेतकहरूसँग छलफल
सभामुखले डाकेको छलफल निष्कर्षविहीन
संसदको अवरोध खुलाउने प्रयासमा सभामुख
आईपीयूको महासभामा सहभागी हुन सभामुख घिमिरे उज्वेकिस्तान जाँदै