काठमाडौँ । काठमाडौँको तार्केश्वर–९ मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन् ।
ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शङ्कास्पद अवस्थामा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको बिहीबार राति हत्या भएको आशङ्का गरिएको छ । उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ ।
स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो । घटना शङ्कास्पद देखिएकोले प्रहरीले अनुसन्धान गरिरहेको एसएसपी भट्टराइले जानकारी दिए । घिमिरे सामाखुसीमा डेरा गरी बस्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ जेठ २०८१, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बल्खुमा मृत भेटिएका व्यक्तिको अनुसन्धानका लागि ६ जना नियन्त्रणमा
कञ्चनपुरमा हात्ती मृत फेला
कैलालीमा फरक स्थानमा दुई जना मृत फेला
कैलालीमा आमा र छोरी घरभित्र मृत भेटिए
काठमाडौँमा दुई जनासहित ४ जना मृत फेला
सल्यानमा दिदी बहिनी घरभित्रै मृत भेटिए