काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचारका फाइल खोल्ने कुरालाई बार्गेनिङ नगर्न गृहमन्त्री रवि लामिछानेलाई सुझाव दिएका छन्। गृहमन्त्रीलाई संसद्मा बोल्न दिनु पर्ने शाहीको भनाइ छ ।
संसद् भवन परिसर नयाँ बानेश्वरमा शुक्रबार दिउँसो पत्रकारहरूसँग कुरा गर्दै राप्रपा सांसद शाहीले मिडियामा हल्ला नगरी भ्रष्टाचारका फाइल खोल्न आग्रह गरेका हुन् ।
‘फाइल खोल्ने कुरा मिडियामा नबोलौं । सहकारीको काण्ड लुकाइदिएमा आरजु देउवा र छोराको फाइल खोल्दिन भन्ने खालको बार्गेनिङ नगरौं’, शाहीले भने ।
बिहीबार रास्वपाका सांसद मनीष झाले सहकारी अपचलनको संसदीय छानबिन गर्नुअघि आरजु देउवाको फाइल खोल्नुपर्ने सर्त राखेका थिए ।सांसद शाहीले गिरीबन्धु टि स्टेट, लडाकू शिविर घोटाला काण्डको पनि छानबिन गर्न माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं: ज्ञानेन्द्र शाही
ज्ञानेन्द्र शाहीले भौतिक मन्त्रीलाई फिर्ता बुझाए बजेट पुस्तिका
कर्णालीमा क्षेत्रीय दल खोल्ने ज्ञानेन्द्र शाहीको चेतावनी
गृहमन्त्रीको आदेशमा मेरो कपडा च्यात्ने र कुटपिट गर्ने काम भयो : ज्ञानेन्द्र शाही
ज्ञानेन्द्र शाहीको प्रश्न : भ्रष्ट न्यायाधीशलाई मुगुमा सरुवा गरेर कर्णालीलाई डम्पिङ साइट बनाउने ?