काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौँमा शुक्रबारदेखि सुरु भएको १६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले न्यायालयको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनको निम्ति सरकारको तर्फबाट गर्ने सबै किसिमको सहयोग गर्न तयार रहेको बताए ।
प्रधानमन्त्री दाहालले स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण, न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि नेपाल बार एसोसिएसनले पुर्याएको योगदान सदैव अतुलनीय रहेको जिकिर गरे । उनले लोकतन्त्र र कानूनको शासन पालना, भव्य समाजको पहिचान रहेको बताए । ‘स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण, न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि नेपाल बार एसोसिएसनले पुर्याएको योगदान सदैव अतुलनीय छ । लोकतन्त्र र कानूनको शासन पालना, भव्य समाजको पहिचान हो । यथार्थमा लोकतन्त्रको सुदृढीकरण र सिङ्गै समाजको सभ्यताको पहिचान कानूनी राज्यले दिने गर्दछ,’ उनले भने ।
प्रधानमन्त्री दाहालले न्यायपालिकाको पुनः संरचना, संविधान र कार्यान्वयनको पक्ष कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका, शान्ति प्रक्रिया, सङ्क्रमणकालीन न्याय र दण्डहीनता, सुशासन, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण, विकृति, विसङ्गति र भ्रष्टाचारमुक्त न्यायपालिका तथा न्यायपालिकाको जनआस्था अभिवृद्धि र मर्यादित बारका आधार न्याय परिषद्, न्यायाधीशको सेवा, सर्त र सुविधा, मौलिक हक कार्यान्वयन र मानव अधिकारको संरक्षण र प्रवर्द्धन, निर्वाचन प्रणाली लगायतका विभिन्न गहन विषयवस्तुमाथि विषयविज्ञहरूबाट अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत भई सोउपर छलफल भई जारी गरिने काठमाडौँ घोषणापत्र न्याय र कानुनको क्षेत्रमा मेरुदण्डको रूपमा रहने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्लाई परिणाममुखी बनाउन सत्ता र प्रतिपक्ष दल एक ठाउँमा हुन्छौँ : महेश बर्तौला
नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा छैनौँ : शंकर पोखरेल
सरकारले ल्याएको अध्यादेशबारे एमाले संसदीय दलमा छलफल
अनेरास्ववियुको महाधिवेशनको नयाँ मिति तय गर्न स्थायी कमिटी बैठक बोलाइयो
नेपाल उद्योग तथा व्यवसायी महासंघको विधान सम्मेलन भोलिदेखि
एमाले इलामको अध्यक्षमा बराल निर्वाचित