कान्स रेडकार्पेटमा ऐश्वर्याको सौन्दर्य (तस्वीर)

सफल खबर संवाददाता

शुक्रबार, ०४ जेठ २०८१, १२ : ३३
कान्स रेडकार्पेटमा ऐश्वर्याको सौन्दर्य (तस्वीर)

नयाँ दिल्ली । बलिउड अभिनेत्री ऐश्वर्या राय हालै कान्सको रेड कार्पेटमा देखिइन् । कान्समा ऐश्वर्याको कन्फिडेन्स र बोल्डनेसको खुबै तारिफ भइरहेको छ । फ्र्याक्चर भएको हात लिएर ऐश्वर्या कान्स गएकी थिइन् । कान्सको पहिलो दिन ऐश्वर्याले हेभी ट्रेल गाउन लगाएकी थिइन् । कालो गाउनमा हलुका गुलाबी रंगको बाहुला थियो भने गोल्ड फाइलले गाउनलाई सजाइएको थियो ।

कानमा सुनको ठूलो हूप्स र मिनिमल मेकअपको साथमा ऐश्वर्या निकै सुन्दर देखिएकी थिइन् । उनको लूक देखेर फ्यानहरूले पनि निकै तारिफ गरिरहेका छन् । उनको पहिरनको साथै हेयर स्टाइलको पनि निकै चर्चा भइरहेको छ । अभिनेत्रीले यस पटक आफ्नो हेयर स्टाइल परिवर्तन गरेकी छिन् ।

ऐश्वर्या रायलाई हालै चोट लागेको थियो । यसका कारण उनको हातमा फ्रयाक्चर भएको थियो । कान्सको रातो कार्पेटमा पनि अभिनेत्री प्लाष्टर गरिएको हातको साथमा पुगेकी थिइन् । सामाजिक सञ्जालमा ऐश्वर्याको एउटा भिडियो खुबै भाइरल भइरहेको छ । यसमा १२ वर्षकी आराध्या आमाको हात समातेर साहारा दिइरहेको देखिन्छिन् । कान्समा पनि इभेन्टको भेन्युबाट रातो कार्पेटसम्मै आराध्याले एश्वर्याको हात समातेको देखिएको थियो ।

ऐश्वर्या राय विगत २० वर्षभन्दा बढी समयदेखि कान्स फिल्म फेष्टिबलमा देखिदैं आएकी छिन् । ऐश्वर्याले सन् २००२ मा कान्समा डेब्यू गरेकी थिइन् । त्यसयता हरेक वर्ष उनी कान्समा देखिरहेकी छिन् । हरेक वर्ष उनको लूकले निकै चर्चा पाउने गरेको छ । कहिले उनको बैजनी रंगको लिप्स्टिक त कहिले हूडीको चर्चा भएको छ । 

तस्वीरहरु

   

प्रतिक्रिया दिनुहोस