सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सफल खबर संवाददाता

विहीबार, ०३ जेठ २०८१, १२ : ४०
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

धनगढी । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको जम्मा २८ जना प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे ।

काँग्रेस र नागरिक उन्मुक्तिको कडा विरोधका बीच सभामुख भण्डारीले मत विभाजनको प्रक्रिया अगाडि बढाएका थिए । मत विभाजन हुँदा एमालेको ११, माअ‍ोवादीको १० (सभामुख बाहेक), नाउपाको २, समाजवादीको ४ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको विश्वासको मत मुख्यमन्त्रीले पाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस