काठमाडौँ । एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्षी दललाई जिस्क्याएर वा होच्याएर संसद् चल्न नसक्ने बताएका छन् । संसद्मा जारी गतिरोधबारे टिप्पणी गर्दै पाण्डेले सत्ता पक्षले विपक्षीको कुरा सुन्नुपर्ने बताएका हुन् ।
‘प्रमुख प्रतिपक्षलाई जिस्क्याएर, होच्याएर उसका कुरा नसुनेर संसद् चल्छ ?’, उनले भने, ‘विगतमा एमाले प्रतिपक्षमा हुँदा सुनुवाइ भएकै थियो । छानबिन समिति बनाएर जाँदा के बिग्रन्थ्यो ?
यस्तै सत्ता शक्तिको बलमा आफ्नो पार्टी विभाजन गर्न असम्भव रहेको उनले बताए । बुधबार सम्पन्न केन्द्रीय समिति बैठकले महाधिवेशनको दस्ताबेजमा आएका सुझावलाई समेटेर पार्टीलाई थप व्यवस्थित बनाएर जाने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, ११ : १४
लेखकबाट थप