काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद भवनको ल्होत्से हलमा बुधबार दिउँसो सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई सम्बोधन गर्नेछन् ।
सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेका छन् । उक्त नीति तथा कार्यक्रममाथि ६ दिनसम्म छलफल गरेर ९ जेठमा पारित गर्ने गरी संघीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ ।
संसदीय दलको बैठकमा एमाले महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्रीसमेत रहेका अर्थशास्त्री डा. युवराज खतिवडा पनि सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ जेठ २०८१, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्दै
संसद्लाई परिणाममुखी बनाउन सत्ता र प्रतिपक्ष दल एक ठाउँमा हुन्छौँ : महेश बर्तौला
नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा छैनौँ : शंकर पोखरेल
सरकारले ल्याएको अध्यादेशबारे एमाले संसदीय दलमा छलफल
अनेरास्ववियुको महाधिवेशनको नयाँ मिति तय गर्न स्थायी कमिटी बैठक बोलाइयो
नेपाल उद्योग तथा व्यवसायी महासंघको विधान सम्मेलन भोलिदेखि