काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको आठौं बैठक ललितपुरको बालकुमारीमा शुरू भएको छ। बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनमाथि छलफल हुने समाजवादीले जनाएको छ । बिहान ११ बजे बस्ने भनिए पनि ढिलो गरी बैठक बसेको हो ।
दुई दिनसम्म चल्ने बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल हुनेछ।एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ।
यस विषयमा पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थापागाउँमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक