काठमाडौं। नेपाली कांग्रेसले संसद्मा गिरीबन्धु टी स्टेटको विषयलाई उठाउने भएको छ । यसअघि सहकारीमा अरबौं ठगी भएको विषय उठाइरहेको कांग्रेसले अबदेखि गिरीबन्धु टी स्टेटको विषयलाई उठाउने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
‘संसदीय दलको बैठकमा गिरीबन्धु टी स्टेटको विषय प्रवेश गरेको छ । यसको बारेमा पहिले भएका काम कुरा, सर्वोच्च अदालतबाट फैसला पनि भएको छ ।
यो विषयलाई सबै कोणबाट अध्ययन गरेर अर्को बैठकबाट धारणा सार्वजनिक गर्छौ', लेखकले भने, ‘आज विषयवस्तु दलको बैठकमा प्रवेश गरेको छ । अब थप सशक्त भएर प्रस्तुत हुन्छौं।’
सिंहदरबारमा मंगलवार बसेको संसदीय दलको बैठकमा महामन्त्री गगन थापाले गिरीबन्धु टी स्टेटको विषय प्रवेश गराएका थिए ।
टी स्टेटको जग्गासम्बन्धी सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै कांग्रेसले यस प्रकरणका अरु दोषीलाई कारबाही गर्ने विषय उठाउने जनाएको हो ।
टी स्टेटको जग्गा प्रकरणमा तत्कालीन सरकारका जिम्मेवार अधिकारी पनि संलग्न रहेको दाबी कांग्रेसको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिटौला निवासमा कांग्रेस संस्थापन पक्षको भेला
कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघले २५ वर्षपछि अधिवेशन गर्दै
आर्थिक सम्पन्नताका लागि वर्तमान गठबन्धनको सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्दै
मञ्चमा नेताहरूको दोहोरी बन्द गरेर कोठाभित्रै बहस गर्नु पर्यो : पूर्णबहादुर खड्का
प्रधानमन्त्री ओलीको दाबी : कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु