काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिले आगामी बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गरेकोप्रति असन्तुष्टि जनाएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको सोमबार भएको अर्थ समितिको बैठकमा पूर्वअर्थमन्त्री पौडेलले अर्थ समिति बजेट बनाउने निकाय नभएकाले राष्ट्र बैंकसँग बजेट सुझाव दिन बोलाएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उनले अर्थ समिति बजेट बनाउने निकाय नभएकाले राष्ट्र बैकले अर्थ मन्त्रालयलाई दिएका सुझाव समितिलाई बुझाउनु गलत भएको बताए ।समितिले राष्ट्र बैंकसँग बजेटको विषयमा सुझाव माग गर्नुपर्ने आवश्यकता नभएको पूर्वअर्थमन्त्री पौडेलको भनाइ छ ।
पौडेलले पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्न राष्ट्र बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको पनि बताए ।
उनले भने, ‘अर्थतन्त्रले विभिन्न किसिमका समस्या व्यहोर्नुपरेको छ । यस्तो विशेष परिस्थितिमा माग, उत्पादन, सप्लाइ, उपभोगमा कमी भएको छ । त्यसले व्यवसायीहरुले ऋण तिर्न नसक्ने अवस्था सिर्जना भएको छ । साँवा ब्याज समयमा तिर्न नसक्दा बैंकहरुमा खराब कर्जा बढ्दै गएको छ । कालोसूचीमा पर्दै गएका छन् । व्यवसायीहरुमा फ्रस्टेशनको स्थिति छ । अब कसरी उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने र राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने भन्दा पनि ऋणको बोझबाट कसरी बाहिर निस्कने भन्ने चिन्तामा व्यवसायीहरु छन् । यो समस्यालाई सम्बोधन गर्न सरकार र राष्ट्र बैंकले बृहत छलफल गरेर सार्थक निष्कर्षमा पुग्नुपर्छ ।’
उनले राष्ट्र बैंकको तथ्याङ्कले नै मुलुकमा माग, उत्पादन, सप्लाइ, उपभोगमा कमी भएको र व्यवसायीहरुले लिएको ऋणको साँवा ब्याज समयमा तिर्न नसक्दा बैंकहरुमा खराब कर्जा बढ्दै गएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ बैशाख २०८१, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार ढाल्ने शक्ति नभएकाले ढल्छ भन्दै हिँड्ने हो : उपप्रधानमन्त्री पौडेल
अध्यादेश संसदलाई छल्न ल्याइएको होइन : अर्थमन्त्री पौडेल
अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित : अर्थमन्त्री पौडेल
अर्थतन्त्र लयमा फर्कँदै छ, यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्नेछ : अर्थमन्त्री पौडेल
मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको छ : अर्थमन्त्री पौडेल
विद्युतको बिल प्राधिकरणले दिनुपर्छ, बक्यौता असुल गरेरै छाड्छौँ : अर्थमन्त्री पौडेल