भाटभटेनीका मालिक गुरुङद्वारा बाल अस्पताललाई ४१ करोड सहयोग

सफल खबर संवाददाता

शनिबार, २९ बैशाख २०८१, १२ : २४
भाटभटेनीका मालिक गुरुङद्वारा बाल अस्पताललाई ४१ करोड सहयोग

काठमाडौँ । भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् । भगवान कोइरालाको नेतृत्वमा  हेपाली हाइटमा निर्माण गरिने बाल अस्पतालको एउटा पुरै ब्लक निर्माण गर्न गुरुङले उक्त सहयोग गरेका हुन् । 

 

भाटभटेनी सुपरमार्केटले ‘एक स्वस्थ भविष्यको निर्माणमा हाम्रो सहयोग’ भन्दै यसबारे घोषणा गरेको छ ।सुपरमार्केटले भनेको छ, ‘हाम्रो भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणाले हामी सबैलाई थप हर्षित बनाएको छ ।

कोइरालाको नेतृत्वमा देशका ७ प्रदेशमा ७ वटा  बाल अस्पताल बनाउने लक्ष्य लिइएको छ।  जसका लागि सहयोग संकलन जारी रहेको छ । यो सहयोग  सम्भवतः आजसम्म नेपालमा कुनै दाताले गरेको सबैभन्दा ठुलो सामाजिक सेवाको कार्य भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस