काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि आशावादी बजेट बनिरहेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको प्रिबजेट छलफलमा उनले यस्तो बताएका हुन ।
बजेट निर्माणका क्रममा धेरै क्षेत्रसँग सरकारले अन्तक्रिया गरिसकेको र सो क्रममा सबैतिरबाट अर्थतन्त्र शिथिलता छ भन्ने सुनिएको बताए । गत वर्षभन्दा सुधारोन्मुख अवस्था रहेका कारण आशावादी रहेर बजेट बनाइरहेको उनले बताए ।
‘निजी क्षेत्रको कन्फिडेन्स घटेकोमा मनोबल उठाउने कुरालाई प्राथमिकता दिन्छौं, परिवार, सम्पत्ति र व्यवसायको सुरक्षालाई हामी प्राथमिकता दिन्छौं,’ उनले भने । यद्यपि कुनै व्यक्तिप्रति प्रश्न उठेमा त्यसको जवाफदेही स्वयम् व्यक्ति हुनु पर्ने उनले बताए ।
प्रश्न उठेकै आधारमा अपराधी बनाउने आँखाले हेर्न छोड्नु पर्ने भन्दै उनले मनोबल उठाउने कोसिस गरिने बताए । मनोबल उठ्न नसक्नुका कारण खोजेर सरकारले सहजीकरण गर्ने उनको भनाइ छ ।
लगानी सम्मेलनमा सरकारले कानुन संशोधन गरेको स्मरण गर्दै उनले यसमा सरकार निजी क्षेत्रसँगै रहेको बताए । औद्योगिक वातावरण बनाउन बजेटले भूमिका खेल्ने उनको भनाइ छ । सरकारका पनि आफ्नो सीमाहरू रहेको भन्दै यसलाई फुकाउँदै जानुपर्ने उनले बताए ।
वित्तीय नीति र मौद्रिक नीतिमा तालमेल मिलाउनु पर्ने सुझावमा आफूसहमत रहेको उनले बताए । यसपटक नीति कार्यक्रम, बजेट र मौद्रिक नीति फरक बाटोमा नजाने आश्वासन दिए ।
अर्थमन्त्री र गभर्नर टाढा बसेर प्रतिस्पर्धा गर्ने विषय नरहेको भन्दै सबैको लक्ष्य मुलुकको विकास नै रहेको बताए । उनले बजेट बनाउँदा ठूलो प्रेसर भोग्नु परेको भन्दै मन्त्रालयहरुले सिलिङ बढाउन दबाब दिइरहेको बताए ।
फरक-फरक धारणका बिचबाट संतोषजनक बजेट ल्याउनु पर्ने आवश्यक रहेको भन्दै उनले सुधारमा जोड दिने बताए । युवामा भरोसा जगाउने प्रयासमा आफ्नो जोड हुने बताए । कसैको प्रभावमा नपरी पुस्ट्याइँसहित नीतिहरू परिवर्तन गरिने उनले बताए ।
खर्च गर्न नसकिएको अवस्था सुधार गर्दै आगामी आवमा निजी क्षेत्रको स्रोत परिचालनलाई प्राथमिकता दिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ बैशाख २०८१, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित : अर्थमन्त्री पौडेल
आवश्यकताका आधारमा अन्तर्राष्ट्रिय सहयोग लिने विषयमा समीक्षा हुनु जरुरी : अर्थमन्त्री
अर्थमन्त्री पौडेल स्वदेश फिर्ता
अर्थतन्त्र लयमा फर्कँदै छ, यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्नेछ : अर्थमन्त्री पौडेल
विद्युतको बिल प्राधिकरणले दिनुपर्छ, बक्यौता असुल गरेरै छाड्छौँ : अर्थमन्त्री पौडेल
सामान्य हिसाबले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव छैन: अर्थमन्त्री