काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली तथा महासचिव शङ्कर पोख्रेलसँगको संवादपछि संसदीय दलका नेता रावलले प्रदेशमा आफ्ना सांसदहरूलाई भेटवार्ताको विषयमा जानकारी गराएका हुन् ।
उनले मुख्यमन्त्री सोडारीले अहिले विश्वासको मतको लागि हतार गरिरहेको भए पनि आफ्नो पार्टीले त्यस विषयमा थप परामर्श र छलफल गरिरहेको सांसदहरूलाई जानकारी गराएका थिए ।
रावलले शनिबार ओली र पोख्रेलसँग भेटवार्ता गरेका थिए । भेटमा रावलसँग प्रमुख सचेतक सुरेन्द्र पाल पनि थिए ।‘हामीलाई केन्द्रीय अध्यक्ष र महासचिवले सुदूरपश्चिम प्रदेशमा हतार गर्नुपर्ने अवस्था नरहेको र छलफलपछि मात्रै यस विषयमा निर्णय लिइने बताउनुभएको छ’, उनले सांसदहरूलाई भने, ‘विश्वासको मत नलिने भन्ने होइन, कहिले दिने भन्ने विषयमा छलफल जारी छ ।’
मुख्यमन्त्री सोडारीले वैशाख २० गते नै विश्वासको मत लिने तयारी गरेका थिए । तर, एमालेले शीर्ष नेताहरूसँग परामर्श नगरी विश्वासको मत दिन नसकिने बताएपछि सोडारीले २१ गते ५ बजेका लागि आह्वान गरेको बैठक २२ गते ५ः३० बजेको लागि सार्न लगाएका थिए । एमालेले परामर्श नगरी बैठक आह्वान गरेको भन्दै तत्काल विश्वासको मत नलिने दोहोर्याएको थियो ।
अध्यक्ष ओली र महासचिव पोख्रेलले पनि तत्काल हतार नगर्न भनेपछि अहिले एमालेले विश्वासको मतका लागि शीर्ष नेताहरूको निर्देशन पर्खने भएको छ ।सोमबार एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा र सांसद चक्र मल्लले पार्टीको नीति र निर्देशनअनुसार अगाडि बढ्ने बताएका थिए । उनीहरू दुवै जनालाई दलका नेताले अध्यक्ष र महासचिवसँग भएको संवादहरूको बारेमा जानकारी गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ बैशाख २०८१, २१ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनेरास्ववियुको महाधिवेशनको नयाँ मिति तय गर्न स्थायी कमिटी बैठक बोलाइयो
नेपाल उद्योग तथा व्यवसायी महासंघको विधान सम्मेलन भोलिदेखि
एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
भीड जम्मा गरेर कानूनी प्रक्रियामा अवरोध गर्नु अपराध हो : महेश बर्तौला
एमालेले बोलायो सचिवालय बैठक
एमालेको सचिवालय बैठक जारी