काठमाडौँ । काठमाडौँ महानगरपालिका-४ स्थित शंखपार्कमा सोमबार बिहान एक युवक मृत भेटिएका छन्।
शंखपार्कको गेट बाहिर करिब ३० वर्षका युवकका शव फेला परेको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाले जानकारी दिए।
स्थानीयले भने ती युवक कवाडी सामान उठाउने कामदार भएको बताएका छन्।
युवकको मृत्यु कसरी भयो खुल्न बाँकी रहेको डीएसपी थापाले बताए। प्रहरीले घटनास्थलबाट शव परीक्षणको लागि अस्पताल लैजाने तयारी गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ बैशाख २०८१, १० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पामा एक महिला मृत फेला
चितवनमा हिरासतमा रहेका एक थुनुवा मृत फेला
चाबहिलका मानन्धर हेटौँडाको होटेलमा मृत भेटिए
चितवनबाट काठमाडौँ आउँदै गरेका नरेन्द्र झ्याप्ले खोलामा मृत भेटिए
रुपन्देहीमा दुई जना मृत फेला
अमेरिकाको मेरिल्याण्डमा एक नेपाली मृत भेटिए