आइतबारदेखि न्यायाधीश सुष्मालता माथेमाले अवकाश लिएपछि रिक्त न्यायाधीशको संख्या तीन पुगेको छ ।
प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश हुनुपर्ने सर्वोच्च अदालतमा अहिले १८ जनामात्रै न्यायाधीश छन् ।
लामो समयदेखि पदपूर्ति हुन नसक्दा गत कात्तिकसम्म सर्वोच्च अदालतमा सात जना न्यायाधीश रिक्त थिए । ५ मंसिर, २०८० मा ६ जना न्यायाधीशको नाम सिफारिस भएको थियो । त्यतिबेला समेत एउटा पद रिक्त राखेर अरुमा मात्रै नाम सिफारिस गरिएको थियो ।
त्यसयता सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुष्मालता माथेमाले अवकाश पाएकी छन् । अहिले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको संख्या तीन पुगेको छ । ३२ जेठमा सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले उमेरहदबाट अवकाश पाउँदैछन् ।
अर्को सातापछि उनपको ठाँउमा समेत न्यायाधीश सिफारिसको बाटो खुल्छ । किनभने नेपालको संविधानमा संवैधानिक पदाधिकारीहरु अवकाश हुनुभन्दा एक महिनाअघि नै रिक्त पदमा सिफारिस गर्नुपर्ने संवैधानिक परिकल्पना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ बैशाख २०८१, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरामा केबलकारको काम रोक्न सर्वोच्चको आदेश
सर्वोच्चमा दर्ता भयो हितेन्द्रदेव शाक्यको रिट
सर्वोच्चमा कुलमानको रिट दर्ता, भोलिलाई पेसी
पाथीभरा केबलकार निर्माणविरुद्धको रिट निवेदन सर्वोच्चबाट दरपीठ
काठमाडौँ विश्वविद्यालयका डाक्टरहरू सर्वोच्चमा
सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान