ओलीका ‘छोरी’हरु बालकोटमा, घरकै आँगनमा फुटबल खेले

सफल खबर संवाददाता

सोमबार, २४ बैशाख २०८१, ०७ : ३१
ओलीका ‘छोरी’हरु बालकोटमा, घरकै आँगनमा फुटबल खेले

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेका हुम्ला र मुगुका बालिकाहरु ओली निवास बालकोट आउजाउ गरिरहन्छन् । 

काठमाडौँमै पठनपाठनको व्यवस्था गरिएका उनीहरुलाई ओलीले ‘छोरी’ सम्बोधन गर्छन् भने व्यवस्त समयका बाजजुत उनीहरुलाई समय दिइरहन्छन् । यस्तैमा मुगु र हुम्लाका छोरीहरु आइतबार उनलाई भेट्न बालकोट पुगेका थिए । 

ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत हुम्ला र मुगुका छोरीहरुसँग भेट भएको भन्दै एक तस्बिरसमेत प्रकाशित गरेका छन् । ओलीका अनुसार ती बालिकाहरु कोही कक्षा ६ मा, कोही ५ मा र कोही १ मा पढ्छन्।  

ओलीले उनीहरूसँग एकछिन् घरकै आँगनमा फूटबल खेलिएको भन्दै रमाइलोसँग दिन बितेको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस