सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारण सभा सम्पन्न

सफल खबर संवाददाता

शुक्रबार, २१ बैशाख २०८१, १६ : ३०
सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।वैशाख २१ गते विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले साधारण सभाको उद्‌घाटन गरेका थिए ।

उक्त सभामा कम्पनीका सञ्चालकहरू, शेयरधनीहरू, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो ।साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन, साबिक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लेखा परीक्षकको प्रतिवेदनका साथै अन्य प्रतिवेदनहरू पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि सुजन काफ्ले एन्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १ सय रुपैयाँको १०.२६ प्रतिशतका दरले हुने रकम ४६ करोड ६३ लाख ७५ हजार ६९७ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै बोनस शेयर वितरण पश्चात् हुने शेयर संरचना बमोजिम जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गरी ५,०१,१९,४७,७९७ पुर्‍याउने प्रस्ताव गरेको छ ।

यस्तै हाल कायम चुक्ता पुँजीको २४.७४ प्रतिशतका दरले हुने रकम १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७  रुपैयाँ नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजनसमेतको लागि) वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस