काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको मंगलबारको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटााउने निर्णय गरेको हो ।
यस्तै हवाइ इन्धन आन्तरिक तर्फ प्रतिलिटर १ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले वृद्धि गरेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर, एलपी ग्यास र पेट्रोलको मूल्य भने यथावत राखिएको निगमले स्पष्ट पारेको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेर पठाएपछि निगमले पनि स्थानीय बजारमा मूल्य समायोजन गरेको हो।
नयाँ मूल्यसँगै काठमाडौँमा डिजेल तथा मट्टीतेलको मूल्य १५९ ?पैयाँ कायम भएको छ । बुधारदेखि कार्यान्वयनमा आएको नयाँ मूल्यअनुसार हवाइ इन्धन (आन्तरिक) को प्रतिलिटर १३७ र अन्तररष्ट्रियतर्फको डलर १.०४२ कायम भएको छ । निगमका अननुसार भारतीय आयल निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर क्रमशः रु ०.०२ र रु २.४५ ले घटाएर पठाएको थियो । यस्तै हवाई इन्धनको मूल्यप्रति लिटर रू १.१८ ले बढेर आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ बैशाख २०८१, २१ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल आयल निगम रूपन्देहीको प्रादेशिक इन्धन डिपोको डीपीआर अन्तिम चरणमा
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले माग्यो विभिन्न पदका लागि कर्मचारी (सूचना सहित)
पेट्रोलियम पदार्थको मूल्य घट्यो