सहकारी ठगीमा राप्रपा सांसद फरार, अदालतद्वारा पक्राउ पुर्जी जारी

सफल खबर संवाददाता

मंगलबार, १८ बैशाख २०८१, २० : ०४
सहकारी ठगीमा राप्रपा सांसद फरार, अदालतद्वारा पक्राउ पुर्जी जारी

काठमाडौँ । सहकारी ठगीमा राजेन्द्र लिङ्देन अध्यक्ष रहेको पार्टी राप्रपाकी एक सांसद मुछिएकी छन् । राप्रपा सांसद गीता बस्नेतमाथि नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेको हो । 

बस्नेतसहित उनको समूहले रकम अपचलन गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । सोही आधारमा बस्नेतको संलग्नता खुलेपछि प्रहरीले पक्राउ गर्नका लागि अदालतसँग अनुमति माग गरेकोमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका एक अधिकृतले पुष्टि गरे । 

सांसद सहितको समूहले डेढ करोड हिनामिना गरेको देखिएको छ भने सो रकम गैरकानुनी रुपमा कृष्णसार नामक रिसोर्टमा लगानी गरेको खुलेको छ । सांसद बस्नेत अहिले फरार रहेको प्रहरीको भनाइ छ । बस्नेत समानुपातिकबाट राप्रपाको सांसद बनेकी हुन् ।
 

प्रतिक्रिया दिनुहोस