रौतहट । झारफुक गर्ने क्रममा बलात्कार गरेको आरोपमा एक झाँक्री पक्राउ परेका छन् ।
बिरामी बालिकालाई झारफुकबाट ठीक पार्छु भन्दै बलात्कार गर्ने माधवनारायण गाउँपालिका–४ का ४२ वर्षीय सुरेश गिरी पक्राउ परेका हुन् । गिरीले बौधीमाई नगरपालिका–३ की १३ वर्षीया बालिकालाई झारफुक गर्ने बहानामा बुधबार एकान्तमा लगि बलात्कार गरेको प्रहरीले बताएको छ ।
बालिकाको दाहिने हातमा सामान्य खटिरा आएपछि झाँक्री गिरीले झारफुकबाट निको पारिदिने उनलाई घरभन्दा केही पर लगेर बाँसघारीमा भूत भगाउनुपर्छ भन्दै बालिकाकी काकीलाई परै राखेर बलात्कार गरेको स्थानीयको भनाइ छ ।
बालिका झाँक्रीबाट बलात्कृत भएको घटनालगत्तै गिरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०६ असोज २०७५, ०८ : २०
लेखकबाट थप