८५ लाखमा निर्माण भयो वडा कार्यालय भवन

सफल खबर संवाददाता

शनिबार, १५ बैशाख २०८१, ०९ : ४९
८५ लाखमा निर्माण भयो वडा कार्यालय भवन

म्याग्दी । धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा वडा कार्यालय भवन निर्माण भएको छ। नवनिर्मित चार कोठे भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ। 

शुक्रबारदेखि कार्यभार भएको नयाँ भवनको उद्घाटन सोही दिन गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भवन उद्घाटन गरेका हुन्।  

धौलागिरि गाउँपालिकाको वडा नम्बर २ र ७ को नयाँ भवन मात्र होइन वडा नम्बर ५ को भवन पनि बनिसकेको छ। घट्टखोलामा गाउँपालिकाको भवन निर्माणाधीन छ। 

यसैगरी वडा नम्बर १ गुर्जा र ३ मुनामा स्वास्थ्य चौकीको भवन निर्माण सकिएको, मुदीमा स्वास्थ्य चौकी र ताकममा पाँच शय्याको अस्पताल भवन निर्माण भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस